२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो बिहीबार बढेको सुनको मूल्य आज घटयो, कतिमा हुदैँछ कारोवार ?

195
shares

हिजो तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्यमा आज फेरि पहिरो गएको छ।

सुनको मूल्य आज तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको थियो।

बुधबार सुनको भाउ तोलामा ६ सय, मंगलबार ७ सय र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो। अघिल्लो साताको आइतबार भने सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।

यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

चाँदीको भाउ आज तोलामा ९० रुपैयाँ घटेर ३ हजार ८ सय १० रुपैयाँमा झरेको छ।  हिजो २ सय ६५ रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९ सय २० रुपैयाँ पुगेको थियो। गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports