डेभिड मिलरको एनपीएल डेब्युमा अविजित ९३ रन, सुदूरपश्चिमपराजित
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १६:२४
shares

काठमाडौं । दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारमा डेब्यु गर्दै सानदार ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ नदिँदा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् । पाँच खेलमा सुदूरपश्चिमको यो तेस्रो जित हो र ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो र ४ अंकसहित पाँचौ स्थानमा झरेको छ ।
मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मदतमा अविजित ९३ रन बनाए । बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार रग्दै २७ रन जोडे । सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।


































