२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ

715
shares

काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ ।

तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो । सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा मूल्य समायोजन गरिएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ । तिहारयता चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । गत सोमबार चाँदीको भाउ ३ हजार ८५५ रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports