तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेकपा एकीकृत समाजवादीले एसीसी बारेमा निणॅय गर्ने

533
shares

एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वर स्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसी बारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिका लगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’

नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताए । ‘यो बीचमा धेरै अध्ययनहरु भएका छन, केपी ओलीले लुकाएका दस्तावेजको पनि अध्ययन भएको छ । उनीहरुले गरेका हर्कतहरुका बारेमा पनि भएका अध्ययनको संक्षिप्त रिपोर्ट पेश हुन्छ । त्यसैमा आधारित भएर स्थायी कमिटीका सदस्यहरुले धारणा राखेपछि निर्णयमा पुगिन्छ’, नेता तुलाधरको भनाइ छ ।

पार्टी नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउदै आएपनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports