सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रञ्जु दर्शना विवाह वन्धनमा बाँधिने

455
shares

विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शना विवाह वन्धनमा बाँधिने भएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले आज इन्गेज्मेन्ट गरेको जानकारी गराएकी छन् ।

रञ्जुले किसु कुईंकेल (किशाेर) नामका युवकसँग इन्गेज्मेन्ट गरेकी हुन् । उनले फेसबुकमा तस्बिरसहित स्टाटस लेख्दै आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको बताएकी छन् ।

‘मायाको यात्रामा एक सशक्त जीवनसाथी बनि हरदम साथ दिने मेरो हरेक दिन प्रयास रहनेछ,’ उनले लेखेकी छन्, ‘तिम्रो जीवनमा परिवारमा मलाई खुल्ला दिलले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

उनले आफ्नाे विवाह पछिपनि सामाजिक र राजनीतिक यात्रालाई निरन्तरता दिने बताएकी छन् ।आफ्नो जीवनसाथीको बारेमा उनले विस्तृत खुलाएकी छैनन् ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports