सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाङमा दुर्घटनाबाट निधन भएको विषयलाई लिएर झडप

442
shares

 

दाङ । दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ ।

दुर्घटनामा निधन भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध गरेको सडक प्रहरीले खुलाउन खोजेपछि झडप भएको हो । त्यस क्रमम प्रहरीले ५ राउन्ड अश्रुग्याँस हानेको हो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय गोग्लीको प्रहरी विट समेत ढालिदिएका छन् र सडकमा आगो बालेका छन् ।

सो घटनालाई लिएर घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै मृतक परिवारले विहान ९ बजेदेखि नै लमही–तुलसीपुर सडक अवरुद्ध गर्दै आएका थिए ।आज विहान भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै निधन भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्रकसहित चालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइसकेको छ । मतृकका परिवारले भने घटनामा अर्को मोटर साइकल चालक समेत दोषी रहेको भन्दै पक्राउ गर्नुपर्ने माग गरेको स्थानीय वेदब्यास पोखरेलले बताएका छन् ।

 

जिल्ला प्रहरी प्रमुख सुरेशकुमार काफ्लेले मृतक परिवारसँग वार्ता भइरहेको बताउँदै घटना नियन्त्रणमा आएको बताए । उनले केहीबेरमै मृतक परिवारसँग छलफल गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports