सचिवालय बैठक भोलि बस्ने गरी स्थगित
वि.सं.२०७८ फागुन ९ सोमवार १५:५२
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्ने गरी स्थगित भएको हो ।
शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।
तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ ।
पूर्वप्रधानमन्त्री खनालले आज एमसीसी संसदमा पेश हुँदा विरोध जनाएका थिए । खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिएका छन् । तर अध्यक्ष नेपालको सहमति मै सरकारले आज एमसीसी संसदमा पेश गरेको छ ।



































