प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस काउन्सिलले २ वटा अनलाईनलाई कालो सूचीमा राख्यो

611
shares

प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा राखिएको छ ।

काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडिया विरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठ वटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चार वटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्री मध्ये १४९ वटा फछ्र्योट भएका छन् ।

त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपाल भित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यस बीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको प्रवक्ता खनालले जानकारी दिए।

एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको भनी मौखिम एवम् लिखित गुनासा समेत आएको थियो ।

काउन्सिलका अनुसार नेपाल आज डट कमले विगत दुई वर्ष देखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइन बाट पटक पटक फोन गरी हैरानी दिने गरेको आरो सहित महिला पत्रकार बाट परेका सहित विभिन्न छ उजुरी र काउन्सिलको स्वअनुगमन बाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन तोडमरोड गरेर पुनःसमाचार बनाइ प्रकाशन गरेको पाइएको छ ।

उक्त समाचार अनलाइनले गलत र अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवार रूपमा प्रायोजित एवं एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्र हत्या हुने प्रकारको पत्रकारिताको नयूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको काउन्सिलले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports