नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी सम्झौता पारित भएको कालो दिनलाई नेपाली जनताले कहिँल्यै बिसॅने छैनन : माओबादी नेता श्रेष्ठ

728
shares

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको संसद बाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन् । व्याख्यात्मक टिप्पणीको आवरणमा सुनियोजित भ्रम छर्दै एमसीसी पास गर्नु राष्ट्रघाती भएको उनको ठम्याइ छ ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद बाट अनुमोदन गराइ छाडे’, उनले भनेका छन्, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् ।’

त्यस्तै उनले सम्पूर्ण देशभक्त नागरिकलाई नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्न आग्रह समेत गरेका छन् । उनी भन्छन्– सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports