सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा भित्रको बिवाद, अब तिन नेताले नै निणॅयमा सही गर्नु पर्ने

598
shares

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूमा एक अर्का प्रति अविश्वास बढ्दो छ । यही अविश्वासका कारण पार्टीले गरेका निर्णयहरू समेत सार्वजनिक हुन सकेका छैनन् ।

पछिल्लो समय पार्टीले कुनै पनि निर्णयमा तीन जना नेता जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले हस्ताक्षर नगरे सम्म त्यो सार्वजनिक नगर्ने नीति बनाएको छ । पार्टीमा नेतृत्वका लागि विवाद भइरहेको छ । त्यसैले अध्यक्ष यादवले गर्ने निर्णयहरू प्रति अध्यक्ष भट्टराई पक्षका नेताहरूले शंकाको दृष्टिले हेरिरहेका हुन्छन् ।

पछिल्लो समय पार्टीका अध्यक्ष यादवले भएका निर्णयहरू लुकाउने र नभएका निर्णयहरू सार्वजनिक गरिदिने जस्ता काम गरेको आरोप भट्टराई पक्षका नेताहरूले लगाएका छन् । माइन्युट बुक हेर्दा जथाभाबी निर्णयहरू भएको, त्यसमा उपस्थिति मात्र देखाइएको तर हस्ताक्षर नभएका निर्णयहरू पनि त्यसमा उल्लेख भएको, अध्यक्षको मात्र हस्ताक्षर देखिएको कारण आशंका उब्जिएको भट्टराई पक्षका नेताहरूको आरोप छ ।

त्यही भएर अबदेखि हुने कुनै पनि निर्णयमा तीनजना शीर्ष नेताहरूको हस्ताक्षर अनिवार्य बनाइएको छ । निर्णयमा तीनजनाले हस्ताक्षर गरेपछि मात्र त्यसलाई सार्वजनिक गर्ने सहमति गरिएको छ । अब माइन्युटमा उपस्थित हुने सबैको हस्ताक्षर हुनुपर्नेछ । उनीहरूको उपस्थितिमा निम्न एजेण्डा माथि छलफल गरी निर्णय भएको भनेर माइन्युटमा उल्लेख गर्नुपर्छ । निर्णय लेखिसकेपछि अन्त्यमा सम्भव भए त्यहाँ उपस्थित सबै जनाको हस्ताक्षर नभए तीन जनाको हस्ताक्षरलाई अनिवार्य बनाइएको छ ।

अध्यक्ष यादव र परिषद् अध्यक्ष भट्टराईले एक अर्का माथि शंका गरेको कारण पार्टीमा विवाद बढ्दै गएको हो । सोही विवादका कारण कार्यकारिणी समितिको बैठक समेत अनिश्चितकालका लागि स्थगित भएको छ । तीन जना शीर्ष नेताहरूको बीचमा सहमति भएपछि मात्र कार्यकारिणी समितिको बैठक बोलाउने भनिए पनि पछिल्लो समय तीन जना बीच छलफल हुन छाडेको छ । दुईटै पक्षको छुट्टा छुट्टै छलफलहरू डाकिरहेका छन् । एक अर्का विरुद्धमा रणनीतिहरू बनाउन व्यस्त छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports