सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चरित्र हत्या गरेको आरोपमा युट्युबर थापा पक्राउ

481
shares

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल महानगरपालिका – १३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।

उनलाई प्रहरीले हिजो आइतबार पक्राउ गरेको हो । थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ। ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ।  काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

यस्तै, ब्युरोले हिजो आइतबार नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको छ। उनीमाथि नाबालिगको अश्लिल तस्बिर तथा स्ट्याटस राखेको आरोप रहेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports