प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब डेङ्गुको र यि रोगको निशुल्क पीसीआर परिक्षण हुने

559
shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे।

यसअघि कोरोना भाइरसको संक्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेश बाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको बताए। तीनवटै रोग लामखुट्टेको टोकाइ बाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।

दिउँसो सुत्दा पनि झूल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामाखुट्टे नछिर्ने जाली हाल्ने, सके सम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्न आग्रह गरिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports