नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने बारे छलफलमा

403
shares

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने बारे छलफलमा जुटेकी छन्।

नेपाली सिने क्षेत्रकी चर्चित नायिका मानन्धर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बिहीबार बालकोट पुगिन्। ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाल र दाङकी समानुपातिक सांसद गंगा चौधरीका साथमा मानन्धर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्।

गोदावरी-३ वडामा बसोबास रहेकी मानन्धरलाई सांसद सिलवालले ओली कहाँ पुर्‍याएका थिए। चिनजानको आधारमा चौधरी पनि साथमै गएकी थिइन्। बालकोटमा ओली र मानन्धर बीच केही समय कुराकानी भएको सांसद सिलवालले  बताए। ‘मेरो वडाबासी हुनुहुन्छ, कलाकारिता क्षेत्रमा लामो योगदान भएको मान्छे हो, पार्टीमा आएर काम गर्ने इच्छा देखाउनुभएको छ,’ सिलवालले भने।

सिलवालका अनुसार अहिले पार्टीमा आबद्ध हुने विषयमा मात्रै छलफल भएको हो। कहिले प्रवेश गर्ने भन्ने टुंगो लागेको छैन। ‘प्रवेशको टुंगो लागेपछि उहाँलाई कस्तो भूमिका दिने भन्ने टुंगो लाग्ला, अहिले छलफल मात्रै भएको छ,’ सिलवालले भने।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports