तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप ७७ जनामा कोरोना संक्रमण,१ जनाको निधन

468
shares

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन्  जसमध्‍ये ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६० हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ जना कोरोना संक्रमित थपिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports