सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि अहिलेको सरकारले रोक्यो : ओली

442
shares

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि अहिलेको सरकारले रोकेको दावी गरेका छन् ।

शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउँदै उनले नागरिकता विधेयक फेरि आफूहरुले नै अघि बढाउने दावी गरे । ‘नागरिरकताका समस्या हामीले संसद बाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ’ उनले भने ।

अध्यक्ष ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभई जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गरे । नेकपा एमाले भनेको देश बनाउने,  जनताका समस्या समाधान गर्ने, जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो ।

अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा मधेशमा विकास निर्माणको काम अघि बढाएको पनि बताए । हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरुलाई चौडा गर्ने,  महानगर, नगर र शहरहरुलाई चक्रपथ द्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरु आयोजनाहरु राख्ने, स्मार्ट सिटीहरुको अवधारणा अनुसार स्मार्ट सिटी अघि बढाउने कामहरु गरेका थियौं ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports