सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले पहिलो पटक देशभरका बालबालिकालाई टाइफाइडको भ्याक्सिन दिने

494
shares

सरकारले चैत २५ गते देखि वैशाख १८ गते सम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।

१५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् ।नेपालमा टाइफइड विरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिक बाट पैसा तिरेर खोप लगाउने गरेका थिए ।

यस खोपलाई सरकारले नियमित खोप अन्तर्गत राख्ने योजना बनाएको छ । यो सहित नेपालमा नियमित खोप १३ वटा पुगेको छ । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो ।

‘नेपालमा टाइफइडको उच्च जोखिम मुलकमा पर्छ । टाइफइडका संक्रमणका बिरामी प्रशस्त देखिएका छन्,’ उनले भनिन्,’ खोप लगाउँदा जटिलता तथा मृत्यु कमलाई गर्छ ।’

खोप अभियानका लागि प्रदेश वा स्थानीय तहमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ । टाइफाइड विरुद्धको खोप विद्यालय तथा खोप केन्द्र बाट बालबालिकालाई लगाइने मिश्राले बताइन् । सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports