सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मत सर्वेक्षण गर्न निर्वाचन आयोगले रोक लगायो

442
shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न निषेध गरेको छ ।

चुनावका विषयमा गरिने मत सर्वेक्षण मतदान सकिए पछि सार्वजनिक गर्ने सामान्य प्रचलन भए पनि आयोगले यस पटक मत गणना नसकिए सम्म त्यस्तो सर्वेक्षण सार्वजनिक गर्न रोक लगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचार संहिता २०७८ को ४ नम्बर बुँदामा लेखिएको छ, ‘उम्मेद्‍वारको मनोनयन दर्ता भएको मिति देखि मतपरिणामको घोषणा नभए सम्म उम्मेद्‍वार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने ।’

आयोगले सर्वेक्षणकर्ताले प्रत्यक्ष प्रश्न सोधेर गर्ने चुनावी सर्वेक्षण मात्र नभई टेलिभिजन र रेडियोहरुले गर्ने एसएमएस पोल पनि गर्न नपाइने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिभिजन र रेडियोले चुनावको बेलामा राजनीतिक प्रश्न सोधेर सर्वेक्षण गर्न नपाउने बताए । ‘ती सर्वेक्षण वास्तविक छैनन्’, उनले प्रश्न गर्दै भने ‘तीन जना मात्र सहभागी भएका सर्वेक्षणमा कुनै २ जनाले एउटै उत्तर रोजेमा ६६ प्रतिशत देखिन्छ, यो कसरी वास्तविक हुन्छ ?’

अमेरिका, भारत लगायतका देशमा गरिएका मत सर्वेक्षण पनि प्रश्न उठेको भन्दै आयोगले नेपालमा गरिने सर्वेक्षणमा त झनै शंका हुने हुनाले रोक लगाएको बताएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports