सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गिरीजालाई राष्ट्रपति नवनाउनु गल्ति थियो— दाहाल

442
shares

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा विदेशी शक्तीहरु दुई दलिय व्यवस्था स्थापना गर्न लागि परेको वताएका छन् । केही दिन पहिला विराटनगरमा प्रदेश नं. १ स्तरीय प्रशिक्षण कार्यक्रमको वेलामा दाहालले उक्त कुरा वताएका हुन् । विदेशी षड्यन्त्रलाई असफल पार्न आफ्नो दलले संघीय ससद , प्रदेशसभा र स्थानीय तहको निर्वाचन जित्नै पर्ने वताउदै निर्वाचनमा हामी जस्ता कान्तिकारीलाई सिध्याउन दुई दलिय व्यवस्था स्थापना गर्न इन्टरनेशनल रियाक्सन लागेको वताएका छन् ।

अध्यक्ष दाहालले निर्वाचनमा हामीले नजितेको खण्डमा पार्टीले मात्र होइन, मुलुकले नै हार्ने वताउदै माओवादीलाई घेरावन्दी गरेर कमजोर पार्ने कोशिस भईरहेकोले हामीले हारेको खण्डमा आफुहरुले कठोर सघर्षको वाटोमा जानु पर्ने बताउदै, त्यस्तो अवस्था आउन नदिन हामीले निर्वाचनमा जित्नु पर्दछ । यदि नजितेको खण्डमा सर्घषको बाटोमा जानका लागि तयार रहन आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

सोही क्रममा अध्यक्ष दाहालले संविधानसभाको निर्वाचन पछि गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति नवनाएर आफूवाट गल्ति भएको स्वीकार समेत गरेका थिए । पार्टीको रुपमा आफ्नो पार्टी रुपमा आफ्नो पार्टी स्थापित भएपछि आफूहरुको खुट्टा भुईमा भएन । कोइराला वुढो मान्छे भन्दै जो सग शान्ति सम्झौता गरीयो त्यो मान्छेलाई राष्ट्रपति वनाइएन । उनले राष्ट्रपति बन्न खोज्दा पनि हामीले दिएनौ भन्दै यदि गिरीजालाई राष्ट्रपति दिएको भए आफ्नो पार्टीको नेतृत्वमा सरकार वन्ने थियो ।

र त्यो सरकारले पाँच वर्षसम्म सरकार चलाउने थियो । तत्कालीन प्रधानसेनापति रुकमाङत कटवाललाई हटाउन डा.वावुराम भट्टराई र रामवहादुर थापाले अनावश्यक दवाव दिएको वताएका थिए । कटवाललाई हटाउन खोज्दा माओवादीले सरकारको नेतृत्व सहित धेरै कुरा गुमाएको स्वीकार गरेका थिए । २०७४ को चुनावपछि काग्रेसका सभापति शेरवहादुर देउवा र मधेसवादी दलहरुले आफुलाई पाँच वर्षका लागि एकलौटी सरकार चलाउनु भनेका थिए तर आफुले वामगठवन्धनको भावना अनुसार केपी ओलीलाई प्रधानमन्त्री वनाएका वताउदै चार वर्ष मै फेरी हामीले देउवालाई प्रधानमन्त्री बन्न अनुरोध गर्नु परेको स्वीकार गर्दै त्यस्तो अवस्था आउनुलाई विचित्रको सज्ञा दिएर आफ्ना कार्यकर्ता तथा नेतालाई निर्वाचनमा होमिनु आग्रह समेत गरेका थिए ।

एकथरी विश्लेषकहरुले अध्यक्ष दाहालको उद्घोष लाई काग्रेसलाई फकाउने रणनिति लिएको र त्यस्को फाइदा आफुले लिने प्रयास गरेको अर्थको रुपमा हेरेको बताएका छन् । निर्वाचनमा एक्लै जाँदा पराजित हुने भयले गर्दा माओवादी केन्द्र र नेकपा एकीकृतले अहिलेको गठवन्धनले गठवन्धन नै गरेर निर्वाचनमा जानु पर्ने वताउदै आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports