सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपालले मागे काग्रेस सरह कै हैसियत

416
shares

काठमाडौँ । सत्ता गठवन्धनमा रहेका प्रमुख तिन दल नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले स्थानीय तहको निर्वाचनमा जान तालमेल गर्न छलफल अघि बढाएका छन् । काग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टी वीचमा छ वटा महानगरहरुमा तालमेल हुनुपर्ने अडानमा समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल रहेका भएपनि नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुुर देउवाले नेपाललाई महानगरको अडान नलिन आग्रह गर्दै आएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा छ वटा महानगर मध्येमा नेपाली काग्रेसले ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका जित हासिल गरेको थियो भने नेकपा एमालेले काठमाडौँ महानगर पालिका र पोखरा महानगरपालिका जित हासिल गरेको थियो त्यसै गरी भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र विरगञ्ज महानगरपालिकामा जनता समाजवादीले जित हासिल गरेको थियो ।

नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ सालमा जुनजुन पार्टीले महानगरमा जितेका थिए ति तिमा तिनै पार्टीले र नेकपा एमालेले जितेका महानगरमा आफ्नो पार्टीले पाउनु पर्ने भन्दै काठमाडौँ महानगरपालिका र पोखरा महानगरपालिकामा दावी गरेका छन् । तर काग्रेस र माओवादी केन्द्रले त्यसलाई अस्वीकार गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेवाट विभाजित गराएउन देउवाले नै निर्णय गराई दिएका हुनाले र उनको पार्टी तल्लो तहसम्म पुग्न नसकेको अवस्थामा काग्रेस कै हैसियत अनुसारको तालमेल खोज्नुले काग्रेस वृत हल्लीखल्ली मच्चिएको छ । संघीय ससदमा काग्रेसका ६१ सासद छन् भने माओवादी केन्द्रका ४८ र नेकपा एकीकृत समाजवादी २३ सासदमात्र रहेका छन् । संघीय ससदमा २३ ससदमात्र रहेको पार्टीले ६१ सासद रहेको पार्टी कै हैसियत खोज्नु कुनै सर्तमा न्यायसंगत नहुने काग्रेसजनहरुको ठहर रहेको छ ।

सभापति देउवाले काग्रेस, माओवादी केन्द्र र तपाईको पार्टी मिल्दा पनि महानगरमा जित हासिल गर्न सहज नरहेको बताएपछि माधव नेपाललाई छटपटी बढेको नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । ११ वटा उपमहानगरपालिकामा समेत आफ्नो पार्टीले ४ वटा उपमहानगर पालिकाको नेतृत्व पाउनु पर्ने माग नेपालको रहेकाले गर्दा सत्ता गठवन्धनभीत्रै पनि असन्तुष्ठि जन्मिएको छ । २०७४ सालको निर्वाचनमा ११ उपमहानगरपालिका मध्ये नेकपा एमालेले ६ वटा मा जित हासिल गरेको थियो भने तिन वटामा काग्रेस र १÷१ वटामा राप्रपा र जसपाले जितेका थिए । महानगर र उपमहानगरको नेतृत्वमा केन्द्रवाटै निर्णय लिनुपर्ने र अन्य तहमा स्थानीय आवश्यकता हेरेर निर्णय लिन काग्रेस ,माओवादी र समाजवादी वीचमा सहमति भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports