प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इटलीले लगातार दोस्रो पटक बिश्वकप फुटबल खेल्न नपाउने

598
shares

काठमाडौं । नर्थ मासेडोनिया सँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ ।

अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका थिए । यो हारको अर्थ इटली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । विश्व फुटबलको महामेलामा चार पल्टको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आठ महिना अघि मात्र रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो-२०२० को फाइनलमा इंग्ल्याण्डलाइ उसकै मैदान वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो । बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो ।सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भयो ।

विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगल सँग खेल्नेछ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोलले पराजित गरेको थियो । फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदै छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports