काठमाडौंसहित बिभिन्न स्थानमा हावाहुरी र असिनापानी पर्यो, मौसम महाशाखाले जारी गर्यो चेतावनी
वि.सं.२०८३ असोज २१ बुधवार ११:५४
shares

हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हुरी र असिनासहित पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ११:३५ बजे जनाएअनुसार यतिबेला काठमाडौँ उपत्यकालगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा भइरहेको छ।
सचेत गराउँदै मौसम महाशाखाले अगाडि भनेको छ, ‘थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’यसैबिच पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँची सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर (भारी वर्षा) भएको छ।





































