विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले दियो पीएनजीलाई १८४ रनको लक्ष्य

572
shares

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८३ रनको योगफल तयार गर्‍यो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । स्कोर बोर्डमा २५ रन जोड्दा कुशललाई पहिलो विकेटका रुपमा गुमाए पनि त्यसपछि आशिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २६ बलमा दुई चौका र एक छक्का सहित ३४ रन बनाए ।

त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्का सहित २० रन बनाएर आउट भएका थिए । टोलीको खातामा करण केसीले दुई छक्का सहित १४ रन थप्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्का सहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्का सहित ११ रन बनाए । यसबाहेक, लोकेश बम पाँच, दीपेन्द्रसिंह ऐरी चार र सोमपाल कामीले एक रन जोड्दा कप्ता सन्दीप लामिछाने एक र अविनास बोहरा सुन्य रनमा अविजित रहे ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports