तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ वर्षको अवसरमा पूर्वराजाको शुभकामना

494
shares

नयाँ वर्ष २०७७को अवसरमा पूर्वराज ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएका छन् । उनले अहिलेको कष्टकर परिस्थितिका माझ प्रारम्भ भएको नयाँ वर्षले हामी नेपालभित्र र बाहिर रहेका सबै नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिको कामना गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै भनेका छन्, ‘कोरोना भाइरसको विश्वव्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ ।’

उनले अहिलेको अवस्थामा कसैले कसैले निषेध गरेर अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने उनले बताएका छन् ।

पूर्वराजले शुभकामना सन्देश दिँदै भनेका छन्, ‘आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरू टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदित नै छ । मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरूले शान्त र सामूहिक रुपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान संकटबाट मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ ।’

‘हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ । हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ  । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनु पर्ने भइसकेको छ’, उनले भनेका छन् ।

मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ वर्षमा प्राप्त होस् भन्ने कामना पनि पूर्वराजले गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports