२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी : हानि नोक्सानी कोषबाट नेपाललाई ३ अर्व अनुदान सहयोग गर्ने निर्णय

390
shares

काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ ।

बोर्डको  विशेष बैठकले नेपाललाई उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रका बाढी प्रभावित समुदायलाई द्रुत गतिमा सहयोग जुटाउन गत अगस्ट ३१ मा सो कोषलाई संयुक्त रूपमा पत्र लेखेका थिए । नेपाल सरकारको सोही औपचारिक अनुरोधपछि कोषमा प्रतिनिधित्व गर्ने विकासशील तथा विकसित राष्ट्रहरूका बोर्ड सदस्य र वैकल्पिक सदस्यहरूबिच विभिन्न चरणमा छलफल भएको थियो । निरन्तरको संवाद, समन्वय र परामर्शपछि बोर्डले नेपाललाई सो रकम दिने निर्णय गरेको हो ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा गत भदौ १० गते आएको भीषण बाढी तथा पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्‍याएको थियो। प्रारम्भिक विवरणअनुसार उक्त विपद्बाट करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । उक्त बाढीमा परी हालसम्म करिब १ हजार ५०० जनाले ज्यान गुमाएको र ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण छ ।

कोषबाट प्राप्त हुने यस सहयोग रकमले बाढीबाट विस्थापित तथा प्रभावित नागरिकहरूको तत्काल राहत, दीर्घकालीन पुनर्स्थापना र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports