२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल मगर युवा संघको एक समूहले बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन

832
shares

बुटवल । नेपाल मगर युवा संघको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो ।

बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओली विरुद्ध नाराबाजी पनि गरेको थियो । विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापा लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागे सम्म चरणवद्ध आन्दोलन गर्ने बताए ।

२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । तर ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समु्दायको अपमान गरेको उनीहरुले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports