निलम्बित प्रधानन्यायाधीश जबराले महा उज्वल राष्ट्रदीप पदक पाउदै
वि.सं.२०७८ चैत २३ बुधवार २१:०१
shares

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ ।
गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए ।
त्यो सूचीमा पहिलो प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेका अरु ४ न्यायाधीश समेत छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले पनि पदक पाएका छन् ।






































