तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानको सर्बोच्च अदालतले आज निर्णय सुनाउने, प्रधानमन्त्री खानको भाग्यको फैसला हुने

494
shares

पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गर्नुभएको संसद विघटनको सिफारिस र राष्ट्रपतिले गर्नुभएको अनुमोदन विरुध्द जारी बहस सकाएर आज निर्णय सुनाउने सम्भावना बढेको छ । हिजो हुने भनिएको उक्त निर्णय र आदेश आज सम्मको लागि सारिएको थियो ।

प्रधानमन्त्री खानले आगामी ९० दिन भित्र चुनाव गराउने भन्दै गरेको संसद विघटन विरुध्द विपक्षी दलहरुले संसदमा पेश भएको अविश्वासको प्रस्ताव माथि छलफल नगरी संसद विघटन गर्नु गैर संवैधानिक भन्दै आपत्ति जनाएका थिए । उता,राष्ट्रपतिले गए राति १२ बजे सम्म विपक्षी दल र तिनका नेतालाई प्रधानमन्त्री खानको विकल्पमा नयाँ प्रधानमन्त्रीको निम्ति सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्न समयसीमा दिएका थिए ।

पाँच सदस्यीय संवैधानिक इजलासले संसदका उपसभामुखले अविश्वास प्रस्ताव माथि छलफल नगराएर त्यस बीचमा संसद विघटन गराएको भन्ने विपक्षीहरुको आरोपलाई संवैधानिक हिसाबले व्याख्या गर्ने अनुमान गरिएको छ । हिजोको बहसमा राष्ट्रपति आरिफ अल्भीको तर्फ बाट सहभागी वकिल अलि जाफरले विपक्षीहरुले विदेशीको उक्साहटमा मुद्दा दायर गरेको जिकीर गरेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports