२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्युठानमा विप्लव नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश

741
shares

बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ । नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सँग तालमेल गर्ने निर्णय गरेको हो ।

शुक्रबार गठबन्धन द्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ । नेकपा भित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टी भित्रको वहुमत पक्ष निर्वाचनमा भाग लिन नहुने पक्षमा छ । तर महासचिव विप्लव पक्ष भने चुनावमा भाग लिने पक्षमा छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports