विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा शशांक कोइरालाको भनाई माथी निर्वाचन आयोगले छलफल गर्ने

624
shares

काठमाडौं । निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यस बारे छलफल गर्न केही बेरमा पदाधिकारीहरुको बैठक डाकेको छ ।

‘हिजो कांग्रेस नेता शशांक कोइरालाले अघिल्लो (प्रतिनिधीसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेश गर्ने, तर अहिले त्यो भन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरु बाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौं ।’

निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरु बाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् । शुरुवातमा नै आचारसंहिता उल्लंघन भएपछि निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारवाहीका लागि योजना बनाउन खोजेको हो । सरकार र विभिन्न पदमा रहेकाहरुले समेत आचार संहिता उल्लंघन गर्न थालेको भन्दै उजुरी परेका छन् । त्यसवारेमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports