विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको माग गभर्नर अधिकारी माथीको कारबाही तत्काल फिर्ता होस

650
shares

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

पौडेलले भने, ‘यो कुनै व्यक्ति महाप्रसाद अधिकारी माथि होइन सिंगो प्रणाली माथिको आक्रमण हो । सरकारमा रहेका व्यक्तिहरुका दुषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन । वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाबिला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टिकरणको गलत अभ्यास गरिएको छ ।’पौडेलले गभर्नर माथिको कारवाहीले अर्थतन्त्र थप संकटमा जाने भएकाले तत्काल सो कदम फिर्ता लिन सरकारलाई चेतावनी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports