विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धन दललाई परेको स्थानमा हाम्रा उम्मेदवार रहने छैनन् : समाजवादी

663
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्न भनेको छ । उम्मेदवारी भने गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र दिने केन्द्रीय सचिवालयको निर्णय छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास गरेको छ ।

उम्मेदवार छनोटको मापदण्डमा पार्टीको नीति र कार्यक्रम प्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रति निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो भएको आदि छन् । मापदण्ड अनुसार वडा सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने पालिका कमिटीले टुंगो लगाउने छ ।

वडा अध्यक्षको उम्मेदवार वडा र पालिकाको सिफारिसमा जिल्ला कमिटीले टुंगो लगाउने भएको छ । गाउँपालिका प्रमुख उपप्रमुख र नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्ला कमिटीको सिफारिसमा प्रदेशले टुंगो लगाउने छ । उपमहानगर र महानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने छ ।

बैठकको निर्णय अनुसार वडा कमिटीले ३० चैतमा सिफारिस गरिसक्नुपर्नेछ भने पालिकाले २ वैशाख, जिल्लाले ४ वैशाख, प्रदेशले ६ वैशाखमा सिफारिस गरिसक्नुपर्नेछ भने केन्द्रले भने ८ वैशाख भित्र निर्णय गरिसक्ने केन्द्रीय सचिवालयको निर्णय छ । सबैतिर उम्मेदवार सिफारिस मागेको एकीकृत समाजवादीले उम्मेदवारी भने सत्तारुढ गठबन्धनमा भएको भागवण्डा अनुसार मात्र दिने बताएको छ । निर्णयमा भनिएको छ, गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाम मध्ये बाट उम्मेदवार चयन गरिनेछ, अन्य दललाई परेको स्थानमा हाम्रा उम्मेदवार रहने छैनन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports