विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि सरकार सन्चो मानेर बसिरहेको छ : डा. युवराज खतिवडा

624
shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका मन्त्रीहरुले चुनावका लागि खुलमखुला पैसा मागिरहेको आरोप लगाएका छन् । नेकपा एमालेले गरेको पूर्व अर्थमन्त्रीहरुको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले सरकारका मन्त्री विवादास्पाद अभिव्यक्ति दिने, कमाउधन्दामा लिप्त हुने, स्वार्थ नमिल्ने कर्मचारी माथि जाइ लाग्ने, ठेक्का पट्टामा सेटिङ गर्नेजस्ता हर्कतले अर्थतन्त्रमा संकटको अवस्था आइपुगेको उनले बताए ।

‘मन्त्रीहरु निर्वाचनका लागि भनेर खुलाखुला पैसा मागिहरका छन्,’ उनले भने,’व्यवासयीहरुले समस्या राख्ने ठाउँ पाएका छैनन् ।’ उनले अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि सरकार सन्चो मानेर बसिरहेको बताए । ‘अर्थमन्त्रालयले लिनुपर्ने ढिलै भएपनि राष्ट्र बैंकले लिएको थियो, तर आफ्नो कमजोरी छोप्न र अर्को सरकार गभर्नर माथि रिस पोख्ने काम भइरहेको छ,’ उनले भने ।

सरकारले लिएको गलत आर्थिक नीतिल पुँजीगत खर्चको लागत बढ्ने अवसथा आएको खतिवडाले बताए । ९ महिना सम्म वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा बजार नियमन हुन नसकेको भन्दै उनले अहिले देश श्रीलंका त हुँदैन भन्ने प्रश्न उठिरहेको बताए । ‘बाह्य क्षेत्र संकटग्रस्त दिशामा अघि बढेको भन्दै यो वर्ष मात्रै २० खर्ब ब्यापार घाटा हुने अवस्था देखिएको छ, यसको लागि हाम्रो स्रोतले नपुग्ने हो भने कसरी पूर्ति हुन्छ,’ उनले भने,’ व्यापार घाटा कुल गाह्रस्थ उत्पादनको ४५ प्रतिशत माथि पुग्दै छ, यो सर्वथता बढी हो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports