सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीनीको हाहाकार हुने सम्बन्धित निकाय मौन

767
shares

काठमाडौ । सरकारको अकर्मण्यता र नालायकीपनका कारण चीनीको हाहाकार हुने अवस्था सिर्जना भएको छ । मुलुकलाई अहिले सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा एक प्रकारले बन्दी जस्तै बनाइएको छ । सरकरको नेतृत्व गर्दै आएका प्रधानमन्त्री केपी ओलीलाई उनैको दलका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन दबाब दिईरहेका हुनलो प्रधत्रानमन्त्री ओली सत्ता बचाउने खेलमा लागेका हुनाले सरकारी काम कारबाही समेत हुन सकेका छैनन् । ठीक यही मौका छोपेर चीनी व्यवसायीहरुले चीनीको मूल्य बढाएका छन् । पछिल्लो समयमा चीनी मिल मालिकहरुले र चीनी आयतकर्ताहरुले चीनीको मूल्य बढाएका छन् ।

बजारमा चीनीको अभाव भएको र मौज्दात कम भएको भन्दै होलसेल मूल्य नै ८० देखि ८५ रुपैँयासम्म पु¥याएका छन् । त्यसैको बहाना गरेर चीनीको मूल्य बढाइएको छ । पहिला खुद्रा व्यापारीहरुले ७७ रुपैँयामा खरिद गर्ने चीनीको मूल्य ८० देखि ८५ रुपैँयासम्मा खरिद गर्नुपर्ने बाध्यता भएको खुद्रा व्यापारीहरुको भनाई रहेको छ । त्यसै कारण अहिले बजारमा चीनीको मूल्य ठाउँ हेरेर ९० देखि ९५ रुपैँया सम्ममा विक्रि वितरण गर्न थालिएको छ । यसले गर्दा उपभोक्ताहरु महंगो मूल्यमा चीनी खदिर गर्न बाध्य भएका छन् । होलसेल व्यापारीहरुका अनुसार चीनी उद्योगीहरुले सरकारको कमजोरीको फाइदा उठाउँदै चीनीको मूल्य बढाएको आरोप लगाउँदै आएका भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने मौन बसेको छ ।

विश्व बजारमा चीनीको मूल्य घटिरहेपनि त्यही सस्तो चीनी आयात गरेर केही काला व्यापारीहरुले महंगो मूल्यमा चीनी विक्रि गरिरहेको छन् । त्यति हुँदाहुँदै पनि साल्ट टेडिङ्ग कर्पोरेशनले भने प्रतिकिलो ७७ रुपैँयामै चीनी विक्रि वितरण गरिरहेपनि अब साल्टसँग समेत चीनीको मौज्दात समाप्त हुन लागेको छ । साल्टलाई मासिक करिब २५ हजार टन चीनी आवश्यक हुन्छ तर अब साल्टसँग हजार टनमात्र मौज्दात रहेकाले चीनीको मूल्य अझ बढ्ने पक्कापक्की भएको छ । साल्टले धेरै पहिला चीनी अभाव हुने सम्बन्धित मन्त्रालयलाई जानकारी गराएको भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मौन रहेकाले दसैं तिहार र छठ पर्वका बेला चीनीको हाहाकार हुने प्रायः निश्चित जस्तै भएको छ । पर्वका बेला १० हजार मेट्रिकटनभन्दा बढी चीनीको आवश्यक हुन्छ ।

केही काला व्यापारी र उद्योगीहरुले पहिला चीनी विक्रि नभएको भन्दै चीनी आयातमा कोटा निर्धारण गर्नुपर्ने भन्दै आएका थिए । अहिले उनीहरु नै उद्योगीहरुसँग चीनीको मौज्दात सकिएको भन्दै श्रावण महिनासम्मलाई मात्र चीनी पुग्छ भन्न थालेका छन् । तत्काल थप ४० हजार टन आयात नभएको अवस्थामा चीनीको हाहाकार हुने चीनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालको भनाई रहेको छ । बजारमा चीनीको हाहाकार हुनबाट जोगाउनका लागि भन्सार छुटमा चीनी आयात गर्न खोज्दा बाधक बन्दै आएका अग्रवाल सहितका उद्योगीहरुले चीनी आयात गर्न मन्त्रालयलाई सिफारिस गरेका थिए । ५० हजार मेट्रिकटन चीनी आयात गर्न उद्योग वाणिज्य मन्त्रालयलाई साल्टले निकै पहिला अनुमति मागेपनि त्यस विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुमति नदिँदा बजारमा चीनीको हाहाकार हुने निश्चित भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्टको माग अनुसार भन्सार छुट दिएर चीनी आयात गर्ने अनुमतिका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेपनि अर्थ मन्त्रालयले निर्णय नगरेकै कारण चीनीको हाहाकार भएमा त्यसको जिम्मा अर्थ मन्त्रालयले लिनुपर्दछ । अर्थ मन्त्रालयले अनुमति दिएपछि मन्त्रिपरिषद्ले निर्णय गरेको खण्डमा समेत चीनी ल्याउन कम्तिमा ६ महिना लाग्ने भएकाले चीनीको हाहाकार हुने निश्चित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports