सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय मिडियाले बुझुन् सार्वभौमसत्ता ठुलो सानो हुँदैन

559
shares

काठमाडौ । केही समयदेखि भारतीय सञ्चार माध्यमले नेपाल र नेपालका राजनीतिज्ञहरुलाई जोडेर समाचार प्रकाशित÷प्रसारित गरेकोमा नेपाल सरकारले त्यस्ता आपत्तिजनक सामाग्रीको विरोध गर्दै भारतलाई कुटनीतिक नोट पठाएको छ । नेपाल सरकारले गत शुक्रबार अर्थात असार २६ गते नै भारतमा रहेको नेपाली दूतावास मार्फत सो कुटनीतिक नोट भारतको विदेश मन्त्रालयलाई बुझाएको छ । सो नोटमा भारतका केही सञ्चार माध्यमले प्रसारित गरेका सामाग्रीहरु घृणित भएको र त्यस्ता सामाग्रीप्रति भारत सरकारको ध्यानाकर्षण गराउँदछौँ भनिएको छ । त्यस्ता सामाग्रीले भ्रम सिर्जना गर्नुका साथै सभ्य समाजको सामाजिक मर्यादा र शिष्टाचारको ख्याल नगर्नुका साथै नेपालीको भावना र नेपाली नेतृत्वको व्यक्तित्वमा समेट चोट पुगेको नोटमा उल्लेख गरिएको छ ।

सो नोटमा नेपाल सरकारले भारतीय मिडियाबाट प्रसारित समाचार सामाग्रीहरु आपत्तिजनक र निन्दनीय हुुनुका साथै प्रेस स्वतन्त्रताको लक्ष्मण रेखा समेत नाघेको उल्लेख गरिएको छ । दुई देशबीचको गहिरो र बहुआयामिक सम्बन्धमा विशेषगरी समान सार्वभौमसत्ता मित्रता र एक अर्काका रुची र चासोको पारस्पारिक समानमा आधारित छन् । तीनलाई थप सुदृढ बनाउन मिडियाको ठुलो भूमिका हुन्छ । हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दछौँ मिडियाले शिष्टता र मर्यादाको सीमा नाघ्नु हुँदैन भन्ने नोटमा उल्लेख गरिएको छ । भारतीय मिडियाले प्रेस स्वतन्त्रताको लक्ष्मण रेखा नाघ्ने काम भएको छ भन्ने समेत नोटमा उल्लेख गरिएको छ ।

भारतीय सञ्चारमाध्यमले केही समययता प्रसार र प्रकाशन गरेका समाचारहरुको नेपालमा व्यापक विरोध हुँदै आएको छ । भारतीय टिभी च्यानलले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूतलाई जोडेर एउटा विशेष कार्यक्रम नै चलाएका थिए । त्यसलाई लिएर त्यस्ता भारतीय च्यानलहरुको व्यापक विरोध भएपनि भारतीय सरकारी टिभी दुरदर्शन बाहेकका अन्य निजी क्षेत्रका टिभी च्यानलहरुबाट प्रसारित हुने समाचारहरु नेपालमा बन्द गरिएका छन् । भारतले नेपालमा आफ्नो स्वार्थ पूरा नभएपछि पटक पटक नेपालका नेताहरु विरुद्ध समाचारहरु प्रसारित गर्दै आएको छ । चाहे नाकाबन्दीको बेला होस् चाहे संविधान जारी गर्ने बेलामा होस् । नेपालका राजनीतिक दलहरुकै कारण भारतीय टिभी च्यानलहरुले नेपाल विरुद्धका अभिव्यक्ति दिँदै आएका छन् ।

२०४६ सालको आन्दोलन र २०६२÷६३ को आन्दोलनमा समेत हाम्रा राजनीतिक दलहरुले भारतको सहयोग लिएका र २०६२÷६३ को आन्दोलनमा त भारतमै तत्कालिन माओवादी र अन्य राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गरेकाले भारतले नेपाललाई हेप्ने गरेको र २०७२ सालमा संविधानसभाबाट संविधान जारी गर्ने बेलामा कोही मधेशवादी दलहरुले भारतमै पुगेर सहयोग मागेकाले त्यसबेला भारतले मधेशवादी दलकै अनुरोधमा झण्डै ६ महिना सम्म नाकाबन्दी समेत लगाएको थियो ।

माओवादीले चलाएको १० वर्षे आन्दोलनमा तत्कालिन माओवादीका नेताहरुलई भारतले नै सुरक्षा दिएर भारतमा राखेको थियो । अहिले भारतले त्यसैको फाइदा उठाउन खोजिरहेको छ । बेला बेलामा भारतीय नेताहरु र केही उच्च तहमा बसी सकेका व्यक्तिहरुले समेत नेपालमा राजनीतिक परिवर्तन हामीहरुले नै ल्याईदिएका हौँ भन्दै आएका छन् । नेपालको राजतन्त्रलाई हामीले नै हटाईीदएका हौँ भन्दै उनीहरुले डंक पिटिरहेका बेला भारतीयहरुको स्वार्थ पूरा नहुने भएपछि अहिले फेरी उनीहरु निजी क्षेत्रका मिडियाहरु प्रयोग गरी नेपाल र नेपाली जनताको अपमान गरिरहेका छन् ।

सार्वभौमसत्ता सम्पन्न मुलुकको हैसियतले सबै निर्णय नेपाली जनताले नै गर्न पाउनुपर्दछ । सार्वभौमसत्ता भनेको ठुलो र सानो हुँदैन । मुलुक ठुलो र सानो हुन सक्छ तर सार्वभौमसत्ता ठुलो सानो हुँदैन । त्यसैले सबै नेपाली एकजुट भएर आफ्नो सार्वभौमसत्ता जोगाईराख्न एक हुनैपर्दछ । त्यसैले अब नेपालका बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशित र प्रसारित गर्ने मिडियाहरुलाई उनीहरुले र भारत सरकारले गल्ती स्वीकार गरी माफी नमागेसम्म त्यस्ता मिडियाहरुलाई प्रतिबन्ध लगाउनु आवश्यक छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports