सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीमा राष्ट्रघाती र महान् कोही छैनन् : दाहाल

507
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले आफ्नो पार्टीमा कोही राष्ट्रघाती र कोही महान् नरहेको बताएका छन् । अध्यक्ष दाहालले उक्त कुरा आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर असार २८ गते बताएका हुन् । पार्टीको स्थायी कमिटीको बैठक रोकिएपछि आफ्नो निर्वाचन क्षेत्रमा भएको बाढी, पहिरोको स्थलगत निरीक्षण गर्न दाहाल चितवन पुगेका थिए । पार्टीको अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग अन्तरसंघर्ष बढिरहेको बेला पार्टी नै विभाजन हुने हो कि भन्ने आशंका गरिएको बेला अध्यक्ष दाहालले भने कुनै हालतमा पनि पार्टी विभाजन नहुने भन्दै जिल्ला स्तरीय नेतााहरुलाई ढुक्क हुन आश्वासन दिएका थिए । अहिले पार्टी विभाजन हुने सम्भावना टुटेको भन्दै पार्टीभित्र कोही राष्ट्रघाती र कोही महान् राष्ट्रवादी कोही विदेशीसँग झुक्ने लम्पसारवादी भन्ने आरोपमा सत्यता नभएको समेत बताएका छन् ।

केपी ओली सरकारले केही महिना पहिला नेपालको केही भूभागलाई समेटेर भारतले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गरेपछि त्यसको विरोध गर्दे ओली सरकारले भारतले अतिक्रमण गरिएको नेपालको भूभागलाई समेटेर नेपालको नक्सा प्रकाशित गरेपछि त्यसलाई सम्वैधानिक रुप दिन संविधानको निसाना छापमा राख्नका लागि संविधान नै संशोधन गरिएको थियो । संविधान संशोधन गरेपछि आफूलई हटाउन भारत र नेपालकै केही नेताहरु लागेको उद्घोष प्रधानमन्त्री ओलीले गरेका थिए । ओलीको त्यस्तो उद्घोष पछि अध्यक्ष दाहाल सहितका नेकपाका अन्य केही नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा मागेका थिए । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने माग नेकपाको स्थायी समितिले गरेपछि नेकपा विभाजनको संघारमा पुगेको थियो ।

पार्टीको स्थायी समितिको बैठकमा पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका अन्य केही नेताहरुले प्रधानमन्त्रीको राजिनामा माग गरेपछि प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरिदिएका थिए । प्रधानमन्त्री ओलीले भारत लगायत आफ्नै दलका नेताहरु आफूलाई हटाउन लागि परेको बताएका बेला कार्यकारी अध्यक्ष समेत रहेका दाहालले भारतले नभएर आफूले प्रधानमन्त्रीको राजिनामा माग गरेको उद्घोष गरेपछि उनलाई भारतीय इसारामा प्रधानमन्त्रीको राजिनामा माग गरिएको भन्दै नेकपाकै नेता तथा कार्यकर्ताहरुले उनको विरोध गर्दै उनलाई भारतीय दलाल भएको आरोप समेत लगाउँदै आएका बेला अध्यक्ष दाहालले चितवन पुगेर पार्टीमा कोही राष्ट्रघाती र कोही महान् नभएको अभिव्यक्ति दिएका छन् । उनले सो अवसरमा भने भारतले लगाएको नाकाबन्दीको बेला सबै मिलेर त्यसको सामना गरेको हो सबै मिलेर नक्सा प्रकाशित गरेको हो । नक्सा प्रकाशित गर्न मैले नै स्थायी कमिटीको बैठकमा सरकारलाई निर्देशन दिएको हुँ र त्यसै अनुरुप नक्सा प्रकाशित भएको हो भन्दै राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो त ? भन्ने प्रश्न समेत आफ्ना कार्यकर्तामाझ गरेका थिए ।

आफ्नो निर्देशन अनुसार नै नक्सा प्रकाशित भएको भन्दै त्यसको जस उनले लिन खोजेका थिए । नक्सा प्रकाशित गर्न सबै राजनीतिक दलहरुको राष्ट्रिय सहमति भएको थियो । सरकार र एउटै पार्टीको सहमतिमा मात्र सरकारले नक्सा प्रकाशित नगरेको र संविधान संशोधन समेत एउटै पार्टीको सहमतिमा नभएको सत्य वास्तविकतालाई लुकाउने प्रयास अध्यक्ष दाहालले गरेका छन् । संविधान संशोधन गर्न सबै राजनीतिक दलहरुको राष्ट्रिय सहमति भएको थियो । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गर्नमा आफूले भूमिका खेलेको समेत आफ्नो कार्यकर्तालाई बताउन उनी पछि परेका थिएनन् ।

सरकारले गर्ने हरेक काम आफ्नो निर्देशन अनुसार भएको हो भने किन प्रधानमन्त्रीको राजिनामा स्वयम् अध्यक्ष दाहालले मागे त ? अहिलेको टड्कारो प्रश्न भनेको यही हो । जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई पार्टी विभाजन नहुनेमा ढुक्क हुन आग्रह गर्दै पार्टीको स्थायी कमिटीको बैठक जारी रहेकोले त्यहाँबाट धेरै निर्णय हुन बाँकी रहेकाले आफूले धेरै बोल्न उचित नहुने बताएता पनि प्रधानमन्त्री ओलीले भनेका कुरा सुन्न आफूँले हतारो नगर्ने बताउँदै कुनै हालतमा पनि पार्टी विभाजित नहुनेमा ढुक्क हुन कार्यकर्ताहरुलई पटक पटक आग्रह गरेका थिए । अध्यक्ष दाहालले सम्बोधन गरेको कार्यक्रममा पूर्व एमालेमा नेताहरुको उपस्थिति निकै कम थियो भने पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports