सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल अस्थिर मनस्थितिका राजनीतिज्ञ

416
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वमा त्यसलाई सहयोग पु¥याउने गुटहरुकै सक्रियता देखिएको छ । नेकपामा हाल प्रष्ट रुपमा देखिने गरी तीन गुट रहेका छन् । त्यसमा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले त्यस्ता गुटको नेतृत्व गरिरहेका छन् । एउटा पार्टीमा तीन गुट हुनु भनेको तीन टिकट महाविकटको अवस्था सिर्जना हुनु हो । दुई गुट एकातिर मिल्नासाथ अर्को गुट स्वतः अल्पमतमा पर्ने निश्चित हुन्छ । अहिले सत्ताधारी दलभित्र त्यस्तै भएको छ ।

तत्कालिन नेकपा एमालेभित्र रहेका गुटहरु अहिले एकीकृत नेकपामा समेत सरेका छन् । केपी ओली र माधव नेपालबीच उनीहरु दुवैले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ओलीद्वारा नेपाल पराजित भएका थिए भने नेपाल गुटका केही व्यक्तिहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि नेपाल पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका व्यक्तिहरु आ–आफ्नै गुटमा रहेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि त्यस्ता गुटको अन्त्य हुने विश्वास कार्यकर्ताहरुले गरेका थिए, तर त्यसो हुन सकेन । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि माओवादी केन्द्रमा रहँदा कहिले मोहन बैद्यलाई डा. बाबुराम भट्टराईको साथ लिएर पेल्ने गरेका र कहिले मोहन बैद्यको साथ लिएर डा. भट्टराईलाई पेल्ने गरेका थिए ।

अहिले पनि दाहालले त्यस्तै व्यवहार देखाउन थालेका छन् । उनी कहिले केपी ओलीको समर्थनमा पुग्छन् त कहिले माधव नेपालको समर्थनमा । डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि दाहाल भिरको डिलमा अड्किए जस्तो भएका थिए । त्यसबेला उनले कुन बाटो रोज्दा कसरी बच्न सकिन्छ भन्ने पत्ता पाउन नसकेको हुनाले माओवादी केन्द्रलाई नेकपामा विलय गराउने निर्णय गरे ।

माओवादी केन्द्र भन्दा नेकपा एमाले अलिक प्रजातान्त्रिक पार्टीको रुपमा रहेको थियो । त्यो अभ्यास नभएकाले माओवादी तर्फका नेता तथा कार्यकर्ताहरु एक प्रकारको रणभुलमै परेका छन् । तत्कालिन नेकपा एमाले एक भएर पार्टीको निर्वाचनमा गएको खण्डमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष दाहाल सहितका धेरै नेताहरु चुनावमा पराजित हुनुपर्ने अवस्था रहेकोले अध्यक्ष दाहालले तत्कालिन नेकपा एमाले भित्र रहेका गुटहरुमा खेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यका साथ त्यही रणनीतिमा उनी लागेका छन् ।

जसरी भएपनि प्रधानमन्त्री बन्ने उनको दाउ रहेको छ । उनलाई पछिल्लो समयमा माधव नेपाल गुटले समर्थन गरेपनि दाहालको स्वार्थ पूरा हुनासाथ दाहालले नेपाल गुटलाई छोड्ने प्रायः निश्चित रहेको छ । दाहाल अस्थिर मनस्थितिका राजनीतिज्ञ भएकाले उनी आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने प्रष्ट हुँदै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports