सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल गुटको समर्थन दाहाललाई

468
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वको मारमा जनता परेका छन् । कोरोना भाइरसबाट मुक्ति नपाउँदै मुलुकमा गएको बाढी पहिरोबाट ठुलो मात्रामा धनजनको क्षति भएको छ । जनताले कष्टकर जीवन विताईरहँदा सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरु भने कसैलाई पदमा पु¥याउन र कसैलाई पदबाट हटाउने खेलमा सक्रिय हुँदै आएका छन् । खासगरी नेकपा भित्रका गुट उपगुटहरुको खेलले गर्दा नेकपाकै नेतृत्वको केपी ओली सरकार समेत अन्यौलमा परेको छ ।

नेकपाभित्रका तिन गुटहरुमध्येका केपी ओली गुट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल गुट र माधव नेपाल गुटबीच अहिले सत्ता संघर्ष चलिरहेको छ । पछिल्लो समयमा दाहाल र नेपाल गुट एक भएर ओली गुटलाई अल्पमतमा पार्ने रणनीतिमा लागेका हुनाले प्रधानमन्त्री समेत रहेका ओलीले सरकार सञ्चालनमा भन्दा आफ्नो नेतृत्वको सरकार बचाउनैमा ध्यान दिएको हुनाले सरकारबाट जनताले पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन् ।

नेकपाभित्रको सत्ता संघर्षले उग्र रुप लिने भएपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको महाधिवेशन आउँदो मंसिरमा गर्ने प्रस्ताव सचिवालय बैठकमा राखेपछि त्यसलाई अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले समर्थन जनाएका थिए । तर आफैँले समर्थन जनाएको प्रस्तावलाई सचिवालयको बैठक सकिनासाथ अस्वीकार गर्दै आफूलाई परिबन्दमा पारिएको उद्घोष गरेपछि तीनै गुटभित्र त्यस विषयमा छलफल र बहस भएको छ । सत्ताधारी दलभित्र रहेका तीन गुटहरुमध्येका दुई गुट जता मिल्छन् त्यतै बहुमत हुने भएकाले पछिल्लो समयमा दाहाल र नेपाल गुट एक भएका छन् । त्यहीकारण प्रधानमन्त्री ओली गुट अल्पमतमा परेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको महाधिवेशन आउँदो मंसिरमा गर्ने प्रस्ताव परेपछि माधव नेपाल गुटले आउँदो महाधिवेशनसम्म दाहाल गुटलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका माधव नेपालको निवासमा साउन ६ गते भएको नेपाल गुटको भेलाले त्यस्तो निर्णय गरेको हो । नेपाल गुटको भेलाको निष्कर्ष थियो प्रधानमन्त्री ओलीबाट पार्टीको विधान पद्दति स्थापित हुन नसक्ने भन्दै महाधिवेशनसम्म दाहाललाई साथ दिने निर्णय गरेको छ । भेलाले प्रधानमन्त्री ओलीले अहिले जसरी सरकार चलाईरहनु भएको छ त्यो नजानेर गर्नु भएको होइन । जानी जानीकन त्यस्तो गर्नुभएकाले ओलीलाई ठीक ठाउँमा ल्याउने संघर्षमा दाहाललाई साथ दिने पक्षमा नेपाल गुट पुगेको हो ।

तत्कालिन नेकपा एमाले हुँदा पनि ओली र नेपालबीच राम्रो सम्बन्ध रहन सकेको थिएन । नेकपा एमालेको महाधिवेशनमा ओली र नेपाल दुवैले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला नेपाल पराजित भएका थिए आफू पराजित भएपछि उनले कहिल्यै पनि ओलीलाई सहयोग र समर्थन नगरेको आरोप ओली गुटको रेको छ अहिले पनि त्यस्तै भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports