दुई पत्रकार सोलु दुधकुण्डको वडाध्यक्ष र सदस्यमा उम्मेदवार
वि.सं.२०७९ वैशाख १ बिहीवार ०७:५९
shares

सोलुखुम्बु । नेकपा एमालेले सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष र सस्यमा दुई जना स्थापित पत्रकारलाई उम्मेदवार सिफारिस गरेको छ । वडा कमिटीको बुधवारको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।
जिल्ला सदरमुकाम रहेको सो वडाको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मनोज श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै बीबीसी नेपाली सेवाकी संवाददाता रहिसकेकी पत्रकार सुजाता तामाङलाई महिला वडा सदस्यमा सिफारिस गरिएको एमालेले जनाएको छ ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सो वडामा एमालेकै उम्मेदवारले जितेका थिए ।







































