२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धन कसैको लागि पनि हितकर छैन, पार्टीको निर्णय मात्र मानेको हु : गगन थापा

832
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचन अघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु ।मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’

उनले संसदीय व्यवस्थामा दलहरू बीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उनको भनाइ छ । महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन् । उनले स्थानीयस्तरमा राजनीतिक दलहरू बीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।

तल्लो कमिटीमा दलहरू बीच कुरा नमिले केन्द्र बाट हस्तक्षेप नहुने उनले बताए । ‘स्थानीयस्तरमा पार्टी बीच कुरा मिले तालमेल हुन्छ । माथि बाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन,’ थापाले अघि भने । महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै को सँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म को सँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथि बाट थोपर्दा सबै बिग्रिन्छ’ उनले भने, ‘तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो ।माथि बाट कसैले निर्णय गर्न मिल्दैन । त्यो स्थानीय चुनावको मर्म विपरीत हुन्छ ।’ महामन्त्री गगन थापाले थापाले बुधबार बसेको कार्यसम्पादन समितिको बैठकमा पनि तालमेलको औचित्य माथि प्रश्न उठाएका थिए ।

गठबन्धनकै दलहरू नै पहिलो र दोस्रो भएको स्थानमा तालमेलको औचित्य स्थापित गर्न नसकिने थापाले प्रष्टाएका थिए । ‘रुकुममा मुख्य प्रतिस्पर्धा नै कांग्रेस र माओवादीको छ । गोरखामा एमाले कमजोर छ ।’ थापाले बैठकमा राखेको विषय बारे एक नेताले भने,’गोरखामा कांग्रेस वा माओवादीले जितेको छ ।’ मधेस प्रदेशका धेरै स्थानमा कांग्रेस र जनता समाजवादी विच मुख्य प्रतिस्पर्धा भएको उनले तथ्य सुनाएका थिए । ‘मुख्य प्रतिस्पर्धा भएका स्थानमा आफू-आफू लड्नपर्दछ,’ थापाले बैठकमा भने,’तल बाट मिल्न सके मिल्छ । केन्द्र बाट हस्तक्षेप गर्नुहुँदैन ।’ केन्द्रीय समितिले निर्णय गरेपछि मात्रै संयन्त्रले मोडालिटी टुंगाउनुपर्ने विषय थापाले सर्वदलीय संयन्त्रमा राख्दै आएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports