तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्षमान र जनार्दनबीच किन चल्यो जुहारी

585
shares

 

काठमाडौं । प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा भित्रभित्रै होडबाजीमा सामेल हुँदै आएका वर्षमान पुन र जनार्दन शर्माबीच जुहारी चलेको छ । सोही मुताविक अर्थमन्त्री जनार्दन शर्माले गभर्नर हटाउने प्रकरणमा आफ्नो विपक्षमा बोलेर माओवादी नेता वर्षमान पुनले राजनीतिक फाइदा लिन खोजेको आरोप लगाएका छन् ।
प्राइम टाइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा माओवादी नेतासमेत रहेका शर्माले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी वर्षमान पुनलाई अहिलेको गठबन्धन मन नपरेको दाबीसमेत गरेका छन् । शर्माले भनेका छन्, ‘गभर्नर प्रकरण मेरो व्यक्तिगत कुरा होइन, कुरा पार्टीको हो ।
हाम्रो पार्टी र अध्यक्ष प्रचण्डले लिएको नीति गठबन्धन बलियो बनाएर जाने, सहकार्य गरेर अघि बढ्ने भन्नुभएको छ ।

पार्टी त्यहि अनुसार अघि बढ्दा उहाँलाई त्यो कुरा मन नपर्दा यतातिर छिरेर ९गभर्नर प्रकरण० गठबन्धनको विरोध गर्ने ठाउँ खोजेको मात्र हो ।’ पार्टीगत र व्यक्तिगत रूपमा आफूलाई पुनले अहिलेसम्म कुनै पनि सल्लाह सुझाव नदिएको भन्दै पत्रपत्रिकालाई भनेर पुनले आफ्नो ड्यूटी पूरा गरेको आरोपसमेत लगाएका छन् ।
त्यस्तै पूर्वअर्थमन्त्री पुनले गभर्नरमाथिको कारबाही गलत भनेका छन् । उनले यो निर्णय गठन्बन्धनले गरेको र पुन गठबन्धनको विपक्षमा रहेको आरोप लगाए । पछिल्लो समय चलेको यो जुहारीले दुईमध्ये एकजना नसक्किएसम्म जुहारीले निरन्तरता पाउने स्वयम् माओवादीकै नेताहरुले बताउन थालेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने, यो उहाँहरुको जनयुद्धकालदेखिकै प्रतिश्पर्धा हो, यो रोकिनेवाला छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports