नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ : प्रचण्ड

468
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्। उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

‘तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ ।’ प्रचण्डले कांग्रेस सँग सके सम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरु सँग मिलेर कांग्रेस सँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। ‘कांग्रेस सँग सके सम्म बार्गेनिङ गर्ने हो,’ प्रचण्डको भनाइ थियो, ‘जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो।’

पूर्व स्थायी समिति सदस्य कृष्णबहादुर महराले सके सम्म गठबन्धनमा तल सम्मै तालमेल गरेर जाने विषयमा छलफल भएको बताए। ‘चुनाव बारे अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ महराले भने, ‘गठबन्धन समेसम्म तलसम्म गरेर जाने भन्ने कुरा उहाँले राख्नुभयो । तलबाट आएको रिपोर्ट अनुसार माथि बाट टुंग्याइन्छ भनेर उहाँले भन्नु भएको छ।’

बैठकमा विभिन्न पार्टीबाट आउनेहरुलाई दिने भूमिका बारे पनि छलफल भएको महराले जानकारी दिए। विभिन्न पार्टी बाट आउनेहरु मध्य वामपन्थी पृष्ठभूमि भएकालाई अलि माथिल्लो तह सम्मको जिम्मेवारी दिने र अरुलाई मिलाएर लैजाने निर्णय भएको उनले बताए।बैठकमा ७ वटै प्रदेशका इन्चार्जहरूले पार्टी र तालमेलको अवस्था बारे जानकारी गराएका थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports