kumari
stcnepal

भत्तपुरको दुवाकोट बाट बीर अस्पतालको बिस्तारित सेवा आज देखी शुरू

काठमाडौं । विस्तारित वीर अस्पतालमा शुक्रबार देखि एक्सरे तथा प्रयोगशाला परीक्षण सेवा सुरु भएको छ । भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन् ।

अब भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता टरेको छ । करिब एक महिना अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दुवाकोट पुगेर विस्तारित वीर अस्पताल बाट एक्सरे तथा परीक्षण सेवा दिने प्रतिवद्धता जनाएका थिए ।

 

 

footer