kumari
stcnepal

नेप्सेमा दोहोरो अङ्कको पहिरो

काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से सँगे कारोबार रकम पनि निकै न्यून रहेको छ । गत वर्षको अन्तिम दिन भने बजार बढेर बन्द भएको थियो ।

आज २९ अङ्कले घटेर समग्र बजार २३८५ विन्दुमा आएको छ । कारोबार रकम १ अर्ब ४४ करोडमा सीमित हुँदा २३३ कम्पनीको शेयर किनबेच भएको छ । आज कारोबार भएका मध्य २४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ भन्दा धेरै कम्पनीको भने शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

नेष्डो लघुवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नेपाल टेलिकमको शेयर धेरै मूल्यको किनबेच भएको छ । आज सबै उपसूचकमा रातो पोतियो भने बीमा समूहमा सबै भन्दा धेरै दवाव देखियो ।

अर्थतन्त्रमा तरलता अभावका कारण शेयर बजार माथि जान नसकेको साथै अहिलेको विन्दु पनि निकै तल रहेको जानकारहरूको भनाई छ ।

 

 

 

footer