एमालेको निर्वाचन सम्बन्धी छलफल गर्न सचिवालयको बैठक आज बस्दै
वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:५२
shares

काठमाडौं । स्थानीय तहको चुनाव तयारीबारे छलफल गर्न नेकपा एमालेले आज केन्द्रीय कार्यालय र सचिवालयको बैठक राखेको छ। केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे थापाथली स्थित कार्यालयमा बस्ने कार्यालय सचिव भिष्म अधिकारीले बताए।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक पनि बस्दैछ। आज साँझ ६ बजे बैठक बस्ने प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए। बैठकमा चुनावी तयारी तथा पार्टीको घोषणा पत्र लगायत विषयमा छलफल हुनेछ।
एमालेले वैशाख ९ मा घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। वैशाख ३० मा हुने स्थानीय चुनाव लगायत समसामयिक राजनीतिक घटनाक्रम बारे पनि बैठकमा छलफल हुनेछ।






































