kumari
stcnepal

सरकारकै कारण कोरोनाले उग्ररुप लिँदै

काठमाडौ । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले उग्ररुप लिँदै गएको छ । भाइरसलाई नियन्त्रण गर्न भनेर सरकारले चैत्र ११ गतेदेखि मुलुकभरमा लकडाउन लागु गरेको थियो । मुलुकमा लकडाउन लागु गर्दा जम्मा २ जनामात्र संक्रमित रहेका थिए । संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य विज्ञहरुको सल्लाहलाई वेवास्ता गर्दै श्रावण ६ गते मध्यरातदेखि लकडाउन पूर्ण रुपमा हटाएपछि कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ भने निधन हुनेहरुको संख्या समेत बढेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र समेत बनाइयो तर सो संयन्त्रमा स्वास्थ्य विज्ञहरुको राय र सुझावसमेत वेवास्ता गरेको हुनाले अहिले कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेको छ ।

सरकारले उच्चस्तरीय संयन्त्रमा रहेका व्यक्तिहरु विज्ञहरुको कुरै नसुनेर आफूखुसी लकडाउन खुकुलो पार्दै अन्त्यमा लकडाउन नै हटायो । लकडाउन लागु गरेको समयमा सरकारले जति काम गर्नुपर्दथ्यो त्यति मकाम गर्न सकेन । सत्ताधारी दलभित्रका आन्तरिक द्वन्द्वले गर्दा सत्ताधारी दल प्रधानमन्त्रीबीचमा एक प्रकारको सम्वाद नै अन्त्यको अवस्थामा पुगेको र प्रधानमन्त्री पक्षीय नेताहरु र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेता तथा कार्यकर्ताहरु नै पक्ष विपक्षमा लागेर सरकार बचाउने र सत्ता हत्याउने खेलमा सक्रिय भएका हुनाले सरकारले कोरोना भाइरस नियन्त्रणमा ध्यान पु¥याउन सकेन । लडकउान लगाएका छाँै भनेर सरकार समेत लकडाउन जस्तै भएर बसेको हुनाले अहिले त्यसको मारमा नेपाली जनता परेका छन् । लकडाउनको बेला परीक्षणको दायरा बढाउन सक्नुपर्दथ्यो । जसरी अस्पतालहरुमा क्षमता बढाउनुपर्दथ्यो त्यस्तो भएन । कुनै कुनै अस्पतालले राम्रो काम गरेका भएपनि त्यत्तिले मात्र पुग्ने अवस्था छैन । सबै अस्पतालमा क्षमता बृद्धि हुनुपर्दथ्यो तर त्यो अहिले पनि हुन सकेको छैन ।

काठमाडौ उपत्यकामा एकै पटक धेरै संक्रमितहरु देखिए अस्पताल भर्ना हुनप¥यो भने त्यसबेला भयावह अवस्था आउन सक्छ । स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको जोहोसम्म प्रर्याप्त मात्रामा गर्न सरकार असफल सावित भएको छ । कोरोनाका संक्रमित तथा शंकास्पद विरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री अहिले पनि पर्याप्त मात्रामा उपलब्ध गराइएको छैन । पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारीहरु र सीसीएमसी आफैँ पनि विज्ञहरुले दिएको सुझावलाई सरकारले वेवास्ता गरेको र एक पक्षीय निर्णय गरेकाले कोरोनाले भयावह रुप लिएको भन्न थालेका छन् ।

footer