सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कम्युनिष्टहरु कमाउनिष्ट भए जनताको बिजोग

481
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्वमा त्यस पार्टीका नेता तथा कार्यकर्ताहरु दुई भागमा विभाजित भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको पद लोलुपतामा कार्यकर्ताहरु समेत विभाजित भएका छन् । पार्टीका सच्चा कार्यकर्ताहरुले त पार्टीले वा नेताहरुले गलत निर्णय गरेको खण्डमा त्यसको विरोध गर्दै त्यस्ता गलत निर्णयहरुलाई सच्चाउन दबाब दिनुपर्नेमा नेकपाका कार्यकर्ताहरु भने आ–आफ्नै पक्षमा लागेर आ–आफ्ना पक्षका नेताहरुको बचाउमा लागेका हुनाले नेकपाका कार्यकर्ताहरु पार्टीका दासका रुपमा उभिन पुगेका छन् ।

आफ्नो पक्षका नेताले जे निर्णय गर्दछन् त्यही सही हो भन्ने विश्लेषण उनीहरुले गर्न थालेका हुनाले नेकपाका संघर्षशील कार्यकर्ताहरुलाई त्यसो गर्न पटक्कै सुहाउँदैन । नेता केन्द्रीत र व्यक्ति पुजा प्रवृत्तिको अर्थ हो कार्यकर्ताहरुले आफूहरुलाई राजनीतिक रुपमा होइन पार्टी र कुनै नेताको दासको रुपमा मात्र उभ्याउन खोज्नु ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमा फलामे अनुशासन हुन्छ भनिन्छ तर पछिल्लो समयमा हेर्दा आफूलाई कम्युनिष्ट पार्टी भन्ने नेकपामा त्यस्तो अनुशासन देखिएको छैन । दुई अध्यक्ष मध्येका एकको कार्यकर्ताहरुले अर्को अध्यक्षलाई भारतीय दलाल भनिरहेका छन् । संगठनात्मक रुपमा नेकपामा अहिले विचलन आएको छ । जनपक्षीय भनिने पार्टी जनताको नजरमा गिर्दै गएको छ । पार्टीभित्र विवाद उत्पन्न भए त्यसको निराकरण गर्ने थलो भनेको महाधिवेश नै हो । महाधिवेनबाटै नेतृत्व चुनिनु पर्दछ ।

तत्कालिन नेकपा एमालेको महाधिवेशनबाट केपी ओली अध्यक्ष चुनिएको भएपनि अध्यक्षको पदावधि पहिला नै समाप्त भइसकेको छ भने पुष्पकमल दाहालको पनि । अहिले उनीहरु दुवै स्वघोषित अध्यक्ष मात्र रहेकाले विवाद उत्पन्न भएको सत्य वास्तविकता हो । त्यसैले अहिले सतहमा आएको नेकपाको विवादको समाधान भनेको महाधिवेशन नै हो । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा एउटै उद्देश्य थियो ।

चुनावबाटै सत्ता हत्याउने, त्यही उदेश्यका साथ पार्टी एकीकरण भएको थियो । त्यसमा उनीहरु सफल भएपनि राज्य सञ्चालनमा भने नेकपा पूर्ण रुपमा असफल सावित भैसकेको छ । मुलुकमा संकटमाथि संकट थपिँदै गएपनि नेकपाको नेतृत्व सरकारले संकटलाई समाधान गर्न सकेको छैन । कोरोना भाइरसले मुलुक आक्रान्त भएको छ । बाढी पहिरोले गर्दा जनताको उठिबास भएको छ । भारतले नेपालको भूभागलाई कब्जा गरेको छ । यी यावत् समस्याहरु हुँदाहुँदै सत्ताधारी दल भने आन्तरिक द्वन्द्वमा फसेको छ ।

कोरोना भाइरसले उग्ररुप लिँदै गएको छ । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । निधन हुनेहरुको संख्या बढिरहेको छ । काठमाडौ उपत्यकामै संक्रमितहरुको संख्या बढिरहेको छ तर केपी ओली नेतृत्वको सरकार भने आफ्नो नेतृत्वको सरकारको बचाऊमा व्यस्त भएको छ । जनताका कुरा गरेर कहिल्यै नथाक्ने कम्युनिष्टहरु अहिले कसैलाई सत्ताबाट हटाउन र कसैलाई सत्तामा पु¥याउन कम्मर कसेर लागेका हुनाले जनता भने मारमा परेका छन् । त्यसैले भन्न सकिन्छ कम्युनिष्टहरु कमाउनिष्टमा परिणत भए जनताको बिजोग ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports