गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनले टुंगो लगाउन सकेन पोखरा महानगरको भागबण्डा

598
shares

काठमाडौं । पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन बन्न पुगेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।

अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठक पछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।

पोखराकै विषयमा सहमति नजुटेपछि पुनः होमवर्क गरेर मंगलबार बस्नेगरी आजको बैठक सकिएको ती नेताको भनाइ छ । महानगरको विषय टुंगिए पनि उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटाउन प्रयास हुने गठबन्धनका नेताहरुले बताएका छन् ।

बैठक पछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बताए । उनले मंगलबार साढे ११ बजे पुनः बैठक बसेर सहमतिलाई अन्तिम रुप दिइने दाबी गरे । ‘सबै ठाउँमा सहमतिको नजिक पुगेका छौँ । अन्तिम रुप दिनका लागि भोलि साढे ११ बजेपछि यहाँ यसरी मिल्यो भनेर जानकारी गराउँछौँ’, बैठकपछि भने । उनले ६ महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा सहमति नजिक पुगिएको दाबी गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports