तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैशाख ११ गते देखि धारामा मेलम्चीको पानी आउने

455
shares

ललितपुर । आगामी ११ वैशाख देखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । गत २९ चैत २०७७ बाट मेलम्चीको पानी हालेर सुरुङ भर्न थालिएको थियो । खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले काठमाडौंमा ११ वैशाख देखि उपत्यका आसपासका घरका धारामा मेलम्चीको पानी आउने बताए । मन्त्री चौधरीले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार वोर्डको कार्यालय परिसरमा भएको विशेष कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबार देखि पूरा हुने बताए ।‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नका लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु पर्छ’, मन्त्री चौधरीले भने, ‘मेलम्चीको वैकल्पिक श्रोतको रुपमा सिस्नेरी र ठोस्ने बाट पानी वितरण गर्न सकिने विषयमा अध्ययन भइरहेको छ ।’

खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको व्यवस्था गर्न जलाधार संरक्षण, मुहान संरक्षण र पानीको वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने बताए । बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले शुद्ध खानेपानीको अभावलाई पूरा गर्न बोर्डले काठमाडौंका १६ वटा सार्वजनिक स्थलहरुमा ‘वाटर एटीम’को व्यवस्था गरेको जानकारी दिए ।

मन्त्री चौधरीले बोर्डको कार्यालयमा वाटर एटीएमको व्यवस्थापनका लागि बनेको स्थापना भएको ‘वार रुम’को पनि उद्घाटन गरे । बोर्डले उपत्यकाका काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरको १ सार्वजनिक स्थलमा वाटर एटीएमको व्यवस्था गरेको छ । वाटर एटीएमको अवस्था बुझ्न र सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न बोर्डको कार्यालय बाटै २४सै घण्टा निगरानी गर्न मिल्ने बोर्डका बरिष्ठ प्रशासनिक अधिकृत उदय केसीले जानकारी दिए ।

काठमाडौं उपत्यका भित्र खानेपानी तथा ढल निकास सेवालाई व्यवस्थित एवं नियमित गर्दै गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा सर्वसुलभ ढंगले प्रवाह गर्ने उद्देश्यले ५ वैशाख २०६३ मा स्थापना भएको हो । बोर्डले काठमाडौ उपत्यकाभित्र खानेपानी, ढल निकास सेवाका अतिरिक्त भूमिगत श्रोतको पानीको व्यवसायीक उपयोग एवम् ट्यांकर सेवा सञ्चालनलाई कानुनी दायरामा ल्याई व्यवस्थित रुपमा सञ्चालन गरिरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports