तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिमरा उपमहानगरपालिका वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवान माथि सांघातिक हमला

520
shares

कलैया । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवान माथि सांघातिक हमला भएको छ । देवानले आफूलाई एमालेकै स्थानीय नेताहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन् ।

मंगलबार बेलुकी ६ः४५ बजे तिर मोनालिसा कोइला डिपो अगाडि ६ वडा अध्यक्ष देवान र उनका दुई दाजु-भाइ माथि आक्रमण भएको अस्लमका भतिजा अरबाग देवानले बताए । तीनै जनाको नारायणी बयोधा अस्पतालमा उपचार भैरहेको छ । मुटुका बिरामी समेत रहेका वडाध्यक्ष देवानका दाजु नाजिरको अवस्था गम्भीर छ । अस्लम देवान २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि माओवादी वाट लडेर चुनाव जितेका थिए ।

चुनाव जितिसकेपछि फेरि उनी एमालेमै फर्किएका थिए । अहिले पनि उनी एमाले बाट वडा अध्यक्षको दाबेदार हुन् । २०७४ सालको निर्वाचनमा देवान सँग प्रतिस्पर्धा गरेका एमालेका मुस्तकिम अन्सारीले आफू माथि आक्रमण गराएको आरोप देवानले लगाएका छन् । ‘फेरि पनि एमालेले मलाई नै टिकट दिने पक्कापक्की भएको देखेर मेरो ज्यान लिएर आफूले टिकट लिने योजनासहित आक्रमण भयो,’ उनले भनेका छन् ।

देवानले आफू माथि हमला गर्न एमाले नेता मुस्तकिम अन्सारी सहित चाँद महमद मिया मन्सुरी, राजामहमद मिया मन्सुरी, अनवारुल मिया मन्सुरी, ईलताफ मिया अन्सारी र सन्तुल्लाह मिया गरी ६ जना संलग्न रहेको आरोप लगाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports