सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम, गर्मी बढदै

624
shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायु सँगै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहेको छ ।

आज बिहान प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा आंशिक देखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । यस्तै, देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक देखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैबीच, देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मी बाट हुनसक्ने सम्भावित असरबाट जोगिन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports